समाचार
विपद व्यवस्थापन सम्बन्धी पुर्व तयारी" छलफल कार्यक्रम ।
डाक्नेश्वरी नगरपालिकाकाे सभाहलमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष श्री सुरेन्द्र पाैडेल, नेपाल प्रहरी सप्तरी जिल्ला सशस्त्र प्रहरी उपरीक्षक श्री राजेन्द्र बिष्ट, जिल्ला सशस्त्र प्रहरी उपरीक्षक श्री खेम बाहादुर थापा मगर, रास्ट्रिय खाद्य अनुसन्धान सप्तरीका निर्देशक श्री तिलक शर्मा प्रसाइ, नेपाल बिधुत पराधिकरण डि. ई. चन्द्र नारायण साह, नगर प्रमुख तथा नगर विपद व्यवस्थापन समिति अध्यक्ष श्री शिव नारायण साह र नगर उप-प्रमुख श्रीमती ईन्दु देवी यादवकाे आतिथ्यमा "विपद व्यवस्थापन सम्बन्धी पुर्व तयारी" छलफल कार्यक्रम सम्पन्न गरिएको थियो । साथै बिभिन्न पत्रकार, समाज सेवी, वडा जनप्रतिनिधि, स्वास्थ्य चाैकी प्रमुख, बुद्धीजिवि र सामाजिक परिचालक बिच समुदाय-प्रहरी साझेदारीमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    